Rule 22
प्रवेश दस्तूरमा छुट

सरकारी काम कारबाहीको सिलसिलामा कुनै कर्मचारी निकुञ्जभित्र प्रवेश गर्दा दस्तूर लाग्ने छैन ।

(२) कसैले निकुञ्जभित्र पर्ने कुनै धार्मिक स्थलमा आफ्नो परम्परा अनुसार पाठपूजा वा दर्शन गर्नको लागि निकुञ्जभित्र प्रवेश गर्दा दस्तूर लाग्ने छैन ।

(३) निकुञ्जभित्र वा निकुञ्ज भएर मात्रै पुग्न सकिने गाउँमा स्थापित सार्वजनिक संस्थानको नेपाली तथा गैरनेपाली कर्मचारीलाई र त्यस्तो संस्थाको सेवा उपलब्ध गर्ने व्यक्तिलाई निकुञ्ज भएर जाँदा प्रवेश दस्तूर लाग्ने छैन ।

(४) नियम २८ बमोजिम नेपाल सरकारसित करार गरी कुनै सेवा सञ्चालन गर्ने व्यक्ति वा संस्थाका कर्मचारीको प्रवेश दस्तूरको हकमा सोही करार बमोजिम हुनेछ ।

(५) निकुञ्जको अध्ययन भ्रमण गर्न चाहने कुनै शिक्षण संस्था वा अन्य कुनै संस्थाको व्यक्ति वा संस्थाका संरक्षकले नि:शुल्क प्रवेश गर्न दिन सक्नेछ ।

(६) पर्वतारोहणको सिलसिलामा कसैले निकुञ्जभित्र प्रवेश गर्दा दस्तूर लाग्ने छैन ।

तर निकुञ्जको कर्मचारीले पर्वतारोहणको अनुमतिपत्र हेर्न चाहेमा सम्बन्धित व्यक्तिले देखाउनु पर्नेछ ।